ताजा समाचार


अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा रामेछापमा अन्तरक्रिया

 नेपाल बाहक    २४ फाल्गुन २०७७, सोमबार १६:२३     266 जनाले पढ़िसके

रामेछाप । मन्थली नगरपालिकाका नगरप्रमुख रमेश कुमार बस्नेतले महिलाहरूलाई सक्रियताको लागि अनुरोधे गर्नु भएको छ । १११ औँ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा मानव अधिकार संरक्षण संन्जालले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो । कार्यक्रममा बोल्दै बस्नेतले सक्रियता र जिबनतता आफू सँगै हुनु पर्ने बताउनु भएको हो । उहाँले हरेक मान्छेका आ–आफ्ना समस्या रहेकाले आफूले गरेको काममा सधैँ सक्रिय रही रहन अनुरोध गर्नु भएको हो ।
उहाँले मन्थली नगरपालिका भित्र संन्चालनमा रहेका विद्यालयमा छात्रा विद्यार्थीका सङ्ख्या अधिक जनकारी गराउँदै मन्थली नगरपालिकाले महिलाको आर्थिक सामाजिक विकासको लागि विभिन्न कार्यक्रम समेत सञ्चालन गरेको जानकारी दिनु भयो । कार्यक्रममा बोल्दै नगरप्रमुखले महिलाहरूलाई प्राथमिकता दिँदै लोक सेवाको तयारी कक्षा सञ्चालन गरेको, सिलाई कटाई तालिम सञ्चालन गरेको र हलुका सवारी चालक तालिम समेत सञ्चालन गरेको बताउनु भयो ।
कार्यक्रम युएसएडिको आर्थिक सहयोग तथा एफ एआई ३६० र हुरान्डेक नेपाल दोलखाको सहज करणमा सञ्चालित नागरिक समाज पारस्परिक जबाफदेहिता परियोजना, मानव अधिकार संरक्षण सञ्जाल रामेछाप, इन्सेट, दिदी बहिनी महिला बचत तथा ऋण सहकारी संस्था लि मन्थली, हुसोक रामेछाप लगायतका संस्थाको आयोजनामा भएको थियो । कार्यक्रमको अध्यक्षता मानव अधिकार संरक्षण सञ्जाल रामेछापमा संयोजक पाण्डव प्रसाईँको अध्यक्षताको र मन्थली नगरपालिकाका मेयर रमेश कुमार बस्नेतको प्रमुख अतथ्यतामा सम्पन्न भएको थियो ।