काठमाडौँ । महानायक राजेश हमाल नेपाली चलचित्र सत्यमयबाट कमव्याक हुने भएका छन् । केही वर्ष अधि चलचित्र शकुन्तलामा देखिएका हमाल त्यस पछि कुनै चलचित्रमा साइन गरेका थिएँ । त्यस पछि धेरै चलचित्र अस्वीकार गरेको हमालको दाबी छ ।
अहिले यो फिल्मको स्क्रिप्टको काम भइरहेको हमलाले जानकारी दिएका छन् । स्क्रिप्टलाई बलियो बनाउन उनी आफैँ लागि रहेको हमालले बताए । आउँदो चैत अन्तिम साताबाट छायाङ्कन सुरु हुन लागेको फिल्ममा अनुपविक्रम शाही र पल शाहको पनि अभिनय रहनेछ ।
मङ्गलवार एक अन्तर्वार्तामा उनले भने– ‘अहिले मेरो ध्यान सबै यही फिल्ममा छ । यो प्रोजेक्टका लागि हामीले व्यापक रूपमा गृहकार्य गरिरहेका छौँ ।’ उनले विगतमा झैँ अब आफू लगातार फिल्म गर्ने योजनामा नरहेको बताएका छन् ।
अभिनेता हमाल आफ्ना समकालीन कलाकारसँग फिल्ममा काम गर्न पनि इच्छुक देखाएका छन् । केही दिन अगाडि धरिने शाक्यले आफूले बनाउन लागेको फिल्म राजेश हमाललाई अफर गर्न लागेको बताएका थिए । यस विषयमा हमालले भनेका छन्, ‘अहिलेसम्म उहाँले फिल्म प्रस्ताव चाहिँ गर्नुभएको छैन । ‘सत्यं’ गरेपछि स्क्रिप्ट र चरित्र मन¥यो भने काम गर्न तयार हुनेछु ।’