ताजा समाचार


नागरिकमैत्री सेवा प्रवाह गर्ने प्रजिअ सैजूको प्रतिबद्धता

 नेपाल बाहक    २६ फाल्गुन २०७७, बुधबार १८:४१     363 जनाले पढ़िसके

रामेछाप । रामेछापमा प्रमुख जिल्ला अधिकारी गौलोचन सैजूले नागरिक मैत्रि काम गर्ने प्रतिबद्धता गर्नु भएको छ । बुधवार जिल्ला प्रशासन कार्यलयमा पत्रकार संग भएको परिचात्मक कार्यक्रम प्रजिअ सैजूले सो प्रतिबद्धता गर्नु भएको हो ।
पत्रकारहरु संगको परिचात्मक कार्यक्रममा उहाँले सूचना नपाएर अदालत जानु पर्ने अवस्था अन्त्य गर्ने समेत प्रतिबद्धता गर्नु भयो । मंगलबारबाट रामेछापको प्रमुख जिल्ला अधिकारी काम समाल्नु भएका सैजुले सबै संग समन्वय गरेर काम गर्ने भन्दै गर्ने बताउनु भयो । उहाँले सूचनाको प्रवहाको लागि २४ घण्टै तयार रहेको समेत प्रतिबद्धता गर्नु भयो ।