ताजा समाचार


रामेछापमा चार स्थानीय तहका ७९.६४ प्रतिशत ज्येष्ठ नागरीकले कोरोना खोप लगाए

 नेपाल बाहक    २७ फाल्गुन २०७७, बिहीबार १३:१०     568 जनाले पढ़िसके

रामेछाप । रामेछापका चार गाउँपालिकाका ७९.६४ प्रतिशत ज्येष्ठ नागरिकलाई कोरोना विरुद्धको खोप लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य निरीक्षक भुवन थापाका अनुसार यो समाचार तयार गर्दा सम्म दोरम्बा गाउँपालिका, उमाकुण्ड गाउँपालिका, सुनपाति गाउँपालिका र गोकुलगंगा गाउँपालिकाका ८ हजार ४४ जना ज्येष्ठ नागरी कले कोरोना खोप लगाएका हुन् । कार्यालयले १० हजार एक सय ज्येष्ठ नागरिकलाई कोरोना खोप लगाउने लक्ष्य लिएको छ।
थापाका अनुसार हाल सम्म ३९ सय ६ जना पुरुष र ४१ सय ३८ जना महिलाले कोरोना खोप लाएका हुन् । उहाँका अनुसार दोरम्बा गाउँपालिकामा ८ सय ६५ जना पुरुष र १ हजार १५ जनाले कोरोनाको खोप लगाएका छन् । त्यसै उमाकुण्ड गाउँपालिकाका एक हजार ६८ जना पुरुष र एक हजार ३७ महिला, सुनपाति गाउँपालिका ८ सय ७९ पुरुष र ९ सय ५४ जना महिलाले कोरोना खोप लगाएका छन् भने गोकुलगंगा गाउँपालिकामा एक हजार ९४ जना पुरुष र ११ सय ३० जना महिला ज्येष्ठ नागरी कले कोरोना खोप लगाएका छन् । दोरम्बा गाउँपालिकामा भने कोरोना खोप लगाउन कार्य जारी रहेको तर तथ्याङ्क नआइपुगेको थापाले बताउनु भयो ।