ताजा समाचार


रामेछापमा पहिलो पटक टग अफ वार प्रतियोगिता हुँदै

 नेपाल बाहक    २७ फाल्गुन २०७७, बिहीबार १७:२०     521 जनाले पढ़िसके

रामेछाप । रामेछापमा पहिलो पटक साहसिक एवं पर्यटकीय खेल “टग अफ वार” तना डोरी प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद विकास समिति रामेछापको आयोजनामा जिल्लामा तना डोरी प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगिता फागुन २९ गते शनिवार सदरमुकाम मन्थलीको जिल्ला समन्वय समितिको खेलमैदानमा हुने आयोजकले पत्रकार सम्मेलन गरी जनाकारी दिइएको हो ।
बागमती प्रदेश खेलकुद विकास समितिले रामेछापलाई प्रदान गरेको १ लाख ३५ हजार रुपैयाँ बजेटबाट खेलकुद प्रतियोगी ताको आयोजना गरिएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।
यस खेलमा रामेछापमा ८ वटै स्थानीय तहका एक÷एक वटा टिम गरी आठ वटा टिमको सहभागिता हुने छन् । प्रतियोगितामा प्रथम, तद्धित र तृतीय हुने टिमलाई नगदको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।