ताजा समाचार


सवारी कारवाहिबाट रामेछापमा एक करोड बढि राजश्व संकलन

 नेपाल बाहक    २८ फाल्गुन २०७७, शुक्रबार १४:१८     463 जनाले पढ़िसके

रामेछाप । चालु आर्थिक वर्षको आठ महिना सवारी कारबाहिबाट एक करोड राजश्व सङ्कलन भएको छ । ट्राफिक प्रहरी कार्यालय रामेछापमा साउन देखि फागुन सम्म सवारी कारबाही गर्दा एक करोड ८ लाख ३८ हजार पाँच सय राजश्व सङ्कलन गरेको छ ।

जिल्लामा चालु आर्थिक वर्षको ८ महिनामा ट्राफिक नियम विपरीत सञ्चालन भएका एक हजार ९ सय वटा भएका सवारी तथा ढुवानीका साधनहरू ट्राफिक कारबाहीमा परेका छन् ।

सवारी दुर्घटना कम गर्न कार्यलयले जिल्लाका विभिन्न ठाउँमा नियम विपरीत सवारी चलाउने चालक माथि कडा निगरानी बढाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख रामेश्वर पाण्डेले बताउनु भयो ।

दैनिक ६ सय भन्दा बढी सवारी आवागमन हुने रामेछाप जिल्लाको कुनै पनि क्षेत्रमा जोखिमपूर्ण यात्रा नगर्न नगराउन आह्वान गरीएको उहाँले बताउनु भयो । विभिन्न सूचनाको आधारमा ट्राफिक प्रहरीले अहिले जिल्लाको सहरी भेगसहित ग्रामीण भेगमा सञ्चालन हुने सवारी तथा ढुवानीका साधनको चेकजाचमा पनि थप कडाई गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले जनाएको छ ।