काठमाडौँ । मे महिना भित्र सबै अमेरिकी नागरिकलाई कोरोना खोप लगाइने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले आफ्नो कार्यकालको पहिलो टेलिभिजन सम्बोधन गर्दै उहाँले सबै वयस्क उमेरका नागरिकलाई खोप लगाउन राज्य तथा स्थानीय निकायलाई आदेश दिइने बताएको बिबिसीले समाचारमा उल्लेख गरेको छ ।
बाइडेनले सबै युवा उमेर समूहका नागरिकलाई खोप अभियानमा सहभागी हुन आग्रह गर्नु भएको समाचारमा उल्लेख छ । खोप अभियानलाई विस्तार गरिरहेको अमेरिकाले पशु चिकित्सक तथा दाँतका डाक्टर ९डेन्टिस० ले पनि खोप लगाइदिन सक्ने गरेर व्यवस्था मिलाएको छ ।
साथै बाइडेनले जुलाई ४ मा मनाइने अमेरिकी स्वतन्त्रता दिवसको अवसरमा सानोतिनो भेला गर्न सकिने सम्भावना रहेको बताउनु भएको जनाइएको छ ।