रामेछाप । रामेछापको सेलेघाट–साँघुटार सडक कालोपत्रे गर्ने क्रममा निमार्ण व्यवसायीले लापरबाही गरेको स्थानीयले आरोप लगाएका छन् । स्थानीयले ठेकेदारका लापरबाहीका कारणले जनस्तरमा ठुलो समस्या सृजना भएको छ भन्दै आज जिल्ला प्रशासन कार्यालय रामेछापमा ध्यानाकर्षण पत्र समेत बुझाएका छन् ।
रामेछाप नगरपालिका वडा नं। २ देउरालीका वडा सदस्य सुशिलहरी बखेल सहित स्थानीयहरूले आइतबार रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजूलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । ध्यानाकर्षण पत्रमा जीवनयापनका लागि लगाइएको वाली नष्ट गरिएको, सडक निर्माणका क्रममा खानेपारिका पाइपहरू तथा मुहानहरूमा क्षति पुराउँदा दैनिक जीवन थप कष्टकर बन्दै गइरहेको छ । स्थानीय सम्पदाहरूको बर पिपल चौतारा, ढुङगेधारा आहाल, सडक वरपर रहेका धार्मिक स्थलहरूको समेत बेवास्ता गरेका उनीहरूको आरोप छ ।
ध्यानाकर्षण पत्रमा सेलेघाट–साँघुटार सडक खण्ड अन्तर्गत केही स्थानमा जङ्गलहरू मनोमानी डङ्गबाट खन्दा काठ दाउरा घसा स्याउला सबै कुरा नष्ट हुने भएको , काम गर्ने समयको तालिका सार्वजनिक नहुदा उक्त खण्डमा दैनिक यात्रा गर्ने सबै खाले सवारी साधन तथा पैदल यात्रीले घण्टौँ समय वर्बाद गर्नुपरेको छ । स्थानीय स्तरको समस्याका साझेदारी बनेर काम गर्ने कम्पनी आफै जिम्मेवार नहुदा जनस्तर अस्तव्यस्त बनेको छ । प्रत्यक्ष रूपमा प्रभावित जनस्तरमा राय सल्लाह र सुझावमा रहेर काम नभएको उल्लेख छ ।
आगामी दिनहरूमा थप नसच्चिए काम गरे स्थानीय झन मर्कामा पर्ने भएकाले उक्त कुराको मध्यनजर गर्दै तत्काल सबै सम्बन्धित निकायको अवलोकन र चासो रहनु अति आवश्यक छ । स्थानीय आफ्नो समस्या समाधानका नभए जस्तो सुकै सघर्ष गर्ने उनिहहरुको धम्की समेत दिएका छन् । स्थानीयले छानविन र छलफल गरी स्थानीयहरूको पिर मर्का र समस्याको समधान गर्दै राष्ट्रिय सम्पत्तिको जगेर्ना गर्दै सामाजिक मूल्य र मान्यतालाई कायम राखी कसैलाई अवरोध नहुने किसिम वाट आयोजनाको नीति अनुसार काम गर्नु गराउनु अनुरोध गर्दछौ भनिएको छ ।