ताजा समाचार


साढे ४ करोडको लगानीमा रामेछाप नगरपालिकामा सुविधा सम्पन्न कबर्ड हल बन्ने

 नेपाल बाहक    २ चैत्र २०७७, सोमबार १८:३१     557 जनाले पढ़िसके

रामेछाप । करिब साढे चार करोडको लागतमा रामेछाप नगरपालिकामा सुविधा सम्पन्न कबर्ड हल बन्ने भएको छ । रामेछाप नगरपालिका वडा नं। ७ सुकाजोरमा १ सय ९ फिट लम्बाइ र ८६ फिट चौडाइ भएको कबर्ड हल बन्ने भएको हो । कवर्ड हल भित्र भलिबल मैदान,जिम कक्ष, अतिथि स्टेज र दर्शक सिट लगायत रहने रामेछाप नगरपालिकाका इन्जीनियर कुशुम भट्टराईले जानकारी दिए ।
संघिय सरकार र रामेछाप नगरपालीकाको साझेदारीमा सो कबर्ड हल बन्न लागेको हो । संघीय सरकारको ५० प्रतिशत र रामेछाप नगरपालिकाको ५० प्रतिशत बजेटमा सो कवर्ड हल बन्ने रामेछाप नगरपालीकाले जनाएको छ ।
रामेछाप नगरपालीकाका प्रमुख नर बहादुर थापाका अनुसार ४ करोड ५३ लाख ६५ हजार ४ सय ३३ रुपैयाँमा कबर्ड हल बन्ने छ । कवर्ड हलको निर्माण कार्य २०७९ साल असार मसान्त सम्ममा सम्पन्न गर्ने गरि सुनकोशी कन्स्ट्रक्सन नेपाल प्रा।लि।ले जिम्मा पाएको छ ।