ताजा समाचार


गुटको भेलामा सहभागी नहुन नेकपा (एमाले) रामेछापको अपिल

 नेपाल बाहक    ३ चैत्र २०७७, मंगलवार १८:१२     485 जनाले पढ़िसके

रामेछाप । नेपाल कम्युनिस्ट पाटी एमाले जिल्ला कमिटी रामेछापले गुटको भेलामा सहभागी नहुन अपिल गरेको छ । मङ्गलवार मन्थलीको पाटी कार्यालयमा पत्रकार सम्मेलन गरी नेता तथा कार्यकर्तालाई चैत ४ र ५ गते भेला अवैधानिक भएकाले सहभागी नहुन अनुरोध गरिएको हो ।
पत्रकार सम्मेलनमा नेकपा एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठले एमाले सधैँ एकताको राजनीति गरेकाले त्यस्तो गुटको भेलामा सहभागी नहुन अनुरोध गर्नु भएको हो । उहाँले पाटी केन्द्रीय कमिटीको बैठक बोलाई सकिएको अवस्थामा फेरी गुटको भेला गर्नु पाटिएको हित विपरीत रहेको बताउनु भयो । साथै भोलि हुने भेला स्थगित गरी चैत ७ गते हुने भेलामा सहभागी हुन अपिल समेत गरिएको छ । सर्वोच्चको अदालतको फैसला पछि पाटी पुरानै अवस्थामा फर्किएको स्मरण गराउँदै अब एकता बद्ध भएर लाग्नु पर्नेमा जोड दिँदै पाटी भित्र भएका सस्यको सावधान विधान संवत् गर्नु पर्नेमा अध्यक्ष श्रेष्ठले बताउनु भयो । पत्रकार सम्मेलनमा बोल्दै उहाँले पुष्पकमल दाहालले मसाल देखिनै विभाजनको राजनीति गरेको आरोप लगाउनु भएको थियो ।

अपिल