रामेछाप/ नेपाल टेलिकमले सोमबारबाट रामेछापमा फाइबर सेवा सुरु गरेको छ । टेलिकमले रामेछापमा पहिलो पटक फाइबरमा आधारित ‘फाइबर टु द होम’ सुरु गरेको हो ।
हालसम्म एडिएसएल सेवामार्फत इन्टरनेट वितरणगर्दै आएको टेलिकमले फाइबर सेवा शुरु गरेको हो ।
तत्कालाई मन्थली बजारमा मात्रै उपलब्ध गराएको यो सेवा विस्तारै जिल्लाभरका बजार क्षेत्रमा विस्तार गर्ने नेपाल टेलिकम रामेछापका प्रमुख विष्णु प्रसाद भण्डारीले बताउनु भयो ।
हाल एडिएसएल सेवा लिइरहेका फाईबर टू होम सेवा शुरु भएका क्षेत्रका ग्राहकहरु पनि फाईबर सेवामा रुपमान्तरण हुने नेपाल टेलिकमका रामेछापले जनाएको छ ।