ताजा समाचार


कोरोना रोकथामको लागि रामेछापमा स्वास्थ्य तथा सुरक्षाका मापदण्डमा कडाइ

 नेपाल बाहक    १० चैत्र २०७७, मंगलवार १९:४१     308 जनाले पढ़िसके

रामेछाप । कोरोना रोकथामको लागि रामेछापमा स्वास्थ्य तथा सुरक्षाका मापदण्डमा थप कडाइ गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयमा मङ्गलवार बसेको संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो ।
रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजूको अध्यक्षतामा बसेको चार बुद्धे निर्णय गरेको हो । निर्णयमा बैठकले कोरोना भाइरस कोभिड १९ सङ्क्रमण दर बढ्न सक्ने अवस्थालाई मध्यनजर गरी जिल्लामा सभा , जुलुस , र्याली , भेला ,जमघट , गोष्ठी, सेमिनार , बैठक तथा भिडभाड बढाउने व्यवसायी कार्यहरू नगर्ने नगराउने ,सामाजिक दुरी , मास्कको अनिवार्य प्रयोग , साबुन पानीले राम्रोसँग हात धुने र स्यानिटाइजरको प्रयोगलाई कडाइ गर्ने निर्याण गरेको छ ।

त्यसै गरी आउँदै गरेको होली पर्व परिवारभित्र सीमित राखेर मनाउने , कोरोना सङ्क्रमणको सम्भावनालाई ध्यानमा राखेर सञ्चालनमा आएका क्वारेनटिन तथा आइसोलेसनलाई तयारी अवस्थामा राखी स्वास्थ्य केन्द्रहरूबाट प्रवाह हुने सेवालाई थप प्रभावकारी बनाइने ,कोरोनाबाट बच्ने पाएका बारेमा चेतनामूलक सूचना तथा सन्देश सञ्चार माध्ययमहरुबाट प्रकाशन तथा प्रसारण गर्ने , मास्क नलगाउनेलाई सङ्क्रामक रोग ऐन बमोजिम कारबाही गर्ने ,भारत लगायत तेस्रो मुलुकबाट आउनेहरूको आवत जावतलाई व्यवस्थित गरी उनीहरूले अभिलेख राख्ने लगाएको निर्णय बैठकले गरेको छ ।