रामेछाप । रामेछापमा भुकम्पले क्षेति भएका मध्ये ९० प्रतिशत घरको पुनः निमार्ण कार्य सम्पन्न भएको छ । जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार कार्यालय रामेछापका प्रमुख गणेश अर्यालका अनुसार जिल्लामा ५० हजार दुई सय १५ मध्ये ९० प्रतिशत घरको पुनः निमार्ण सम्पन्न भएको हो । प्रमुख अर्यालका अनुसार रामेछापमा ४९ हजार २१० घर पुनःनिर्माणका लागि सम्झौता भएको थियो । जस मध्ये ४४ हजार २८९ घरको पुनःनिर्माण सम्पन्न भएको छ ।
बुधवार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को सहयोगमा मानव अधिकारी संरक्षण सञ्जाल रामेछापले मन्थलीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले जिल्लामा दुई प्रतिशत लाभग्रहीले घर बनाउनका लागि अनुदान सम्झौता नगरेको बताउनु भयो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट तीनपटक सर्भेक्षण भएर छुटेका तीन हजार पाँचसयले पुनारावेदन गरेकोमा अहिलेसम्म ६३० जनाको पुनारावेदन फैसला भई १२ जना लाभग्राही सूचीमा परिसकेको र ६१८ जनाले मुद्दा हारेको प्रमुख अर्यालले बताउनुभयो ।
त्यस्तै उहाँले २१ जना भुमिहिनलाई आवास निर्माण गर्न अनुदान रकम बाहेक जग्गा खरिदका लागि दुईलाख रुपियाँका दरले रकम प्रदान गरिएको समेत जनाकारी दिनु भयो ।