ताजा समाचार


ज्योति लाइफको आइपिओ बाँडफाँट : १२ लाख ४८ हजारको हात खालि

 नेपाल बाहक    १३ चैत्र २०७७, शुक्रबार १८:५४     291 जनाले पढ़िसके

काठमान्डौँ । ज्योति लाफइले शुक्रबार आइपिओ बाडफाड गरेको छ । गत फागुन २१ गते देखि कम्पनीले सर्वसाधरणको लागि आइपिओ खुल्ला गरेको थियो ।
ज्योति लाइफ इन्सुरेन्सले आइपिओको लागि आइपिओमा १८ लाख ४२ हजार ४८० आवेदकले आवेदन दिएका थिए । आवेदन दिएकामध्ये ४४ हजार ६४५ को आवेदन रद्द भएको कम्पनिले जनाएको छ ।
योग्य कायम भएका १७ लाख ९७ हजार ८३५ आवेदकलाई गोलाप्रथामा समावेश गरेर शेयर बाँडफाँट भएको छ। योग्य आवेदकमध्ये गोलाप्रथाबाट पाँच लाख ९४ हजार लगानीकर्ताले मात्र १० कित्ताका दरले शेयर पाएको एनएमबी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) श्रीजेश घिमिरेले जानकारी दिए। उनका अनुसार आवेदन दिएकामध्ये १२ लाख ४८ हजार आवेदकको हात खाली भएको छ।