ताजा समाचार


आगो निभाउने क्रममा लडेर एक जनाको मृत्यु

 नेपाल बाहक    १४ चैत्र २०७७, शनिबार १३:१४     270 जनाले पढ़िसके

रामेछाप । दोरम्बा गाउँपालिकामा एक जना बृद्धाको लडेर निधन भएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार आगोलागि नियन्त्रणको क्रममा दोरम्बा गाउँपालिका ७ निवासी ७० वर्षका प्रभुलाल श्रेष्ठको भिरबाट लडेर मृत्यु भएको हो ।
शुक्रवार दिउसो १ बजे दोब्लामामा आगोलागि भएको रामेछाप प्रहरीले जनाएको छ । आगो नियन्त्रणको लागि गएका श्रेष्ठ भिरबाट करिब १०० मिटर तल खसेका घाइते भएका थिए । उनलाई उपचारको क्रममा काठमाडौँ लैजाँदै गर्दा बाटोमा निधन भएको थियो ।
घटनाको बारेमा जनाकरी हुन साथ प्रहरी निरीक्षक सहितको टोली घटना स्थलमा पुगेको थियो । शव अहिले पोष्टमाटमको लागि प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा राखिएको रामेछाप प्रहरीले जनाएको छ ।