ताजा समाचार


खाडाँदेबि गाउँपालिकामा स्थानीय पाठ्यक्रम निर्माण सम्बन्धी कार्यशाला गोष्ठी

 नेपाल बाहक    १७ चैत्र २०७७, मंगलवार १२:००     419 जनाले पढ़िसके

रामेछाप । रामेछापको खाडाँदेबि गाउँपालिकामा स्थानीय पाठ्यक्रम निर्माण सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ । स्थानीय पाठ्यक्रम निमार्णको लागि पालिकाले सुझाव लिन सोमबार कार्यशाला गोष्ठी आयोजना गरेको खाडादेबि गाउँपालिकाका प्रवक्ता पुस्कर कार्कीले जनाकारी दिनु भयो ।
भौगोलिक अवस्थिति, इतिहास, पर्यावरण, कला, सम्पदा, प्रचलित स्थानीय संस्कार, संस्कृति, स्थानीय बोलीचाली, नेपाल भाषाको प्रचलित लिपि, रञ्जना लिपि, परम्परागत पेसा, व्यवसाय, स्थानीय सीप प्रविधि र स्थानीय उपचार विधि समावेश गरेर पाठ्यक्रम निर्माण गरिने प्रवक्ता कार्कीले बताउनु भयो ।
खाडादेबि गाउँपालिकाले आफ्नो पालिका भित्र सञ्चालनमा रहेको विद्यालयका लागि पाठ्यक्रम निर्माण लागेको खाडादेबि गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले बताउनु भयो । तामाङका अनुसार गाउँपालिकाको कक्षा १ देखि ८ सम्मका आधारभूत तहमा अध्ययन गर्ने विद्यार्थीका लागि स्थानीय विषयवस्तु समेटेर पठ्क्रम निमाण गरिने छ । आगमि शैक्षिक सत्रबाट पाठ्यक्रम लागु गरिने पालिकाले जनाएको छ ।
कार्यक्रम खाडादेबि गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङको अध्यक्षता तथा राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुङेलको प्रमुख अतथ्यतामा सम्पन्न भएको थियो । पठ्क्रमको बारेमा पालिका भित्र सञ्चालन रहेका ५१ वटा विद्यालयका प्रधानाध्यापक र वडा अध्यक्षहरूले सुझाव दिएका थिए ।