काठमान्डौँ । प्रधानमन्त्री केपि शर्मा ओलिले एकै पटक १ सय ६५ वटा सडक निर्माणको शुभारम्भ गर्नु भएको छ । प्रधानमन्त्री ओलिले बालुवाटारबाट स्विच थिचेर आज सडक निर्माणको शुभारम्भ गर्नु भएको हो ।
दुई हजार दुई सय १० किलोमिटर सडक दुई लेनको र कालोपत्रे हुनेछ । यी सबै सडक तीन आर्थिक वर्षभित्र सम्पन्न गरिसक्ने लक्ष्य रहेको सडक विभागले जनाएको छ ।
यो वर्ष सरकारले हरेक निर्वाचन क्षेत्रमा एउटा सडक बनाउन ३ अर्ब २० करोड रुपैयाँ बजेट छुट्याएको छ ।