ताजा समाचार

खाडादेबि गाउँपालिकाको सहयोगमा सेनेटरी प्याड बनाउने तालिम सुरु 

 नेपाल बाहक    २६ चैत्र २०७७, बिहीबार १३:४४     232 जनाले पढ़िसके

रामेछाप । खाडाँदेबि गाउँपालिकामा आज बाट सेनेटरी प्याड बनाउने तालिम सुरु भएको छ । पालिकाको आर्थिक सहयोगमा ५ दिने प्याड बनाउने तालिम सुरु भएको खाडादेबि गाउँपालिकाका प्रवक्ता पुष्कर कुमार कार्कीले जनाकारी दिनु भयो ।
तालीमामा २३ जनाको सहभागी रहेको छ । पालिका अध्यक्ष प्रेम बहादुर तामाङको अध्यक्षतामा सुरु भएको तालिम चैत ३० गते सम्म सञ्चालन हुने प्रवक्ता कार्कीले बताउनु भयो ।
सेनेटरी प्याडको लागि मात्र पालिका बाट प्रत्येक वर्ष २० लाख रुपैयाँ बाहिरिने भएको कारणले यस तालिकाको आयोजना गरिएको पालिकाले जनाएको छ । पालिकाको तथ्थाङ्ग अनुसार प्रत्येक वर्ष १० प्रतिशतले प्याडको माग बढ्ने गरेको थियो ।
तालिम पछि पालिका भित्र उत्पादन गरिएको प्याड पालिका लगायत जिल्लामा ८ वटै स्थानीय तहमा खपत गर्ने लक्ष्य लिएको छ । पालिका भित्रै उद्योग संन्चालन गर्ने र त्यसको लागि पालिकाले सहयोग र सहकार्य समेत गर्ने प्रवक्ता कार्कीले बताउनु भयो ।
किशोरी तथा महिलाहरूलाई सेनेटरको प्याडको आवश्यकता रहने र सरसफाईका लागि पनि प्याड आवश्यक रहेकाले गाउपालिकाले यो तालिम सञ्चालन गरेको खाडादेबि गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तमाङले जनाकरी दिनु भयो  ।