ताजा समाचार


२१ वोरा अवैध जडीबुटी सहित ३ जना प्रहरीको नियन्त्रणमा

 नेपाल बाहक    २६ चैत्र २०७७, बिहीबार १५:४६     410 जनाले पढ़िसके

रामेछाप । रामेछाप प्रहरीले २१ बोरा अवैध जडीबुटी नियन्त्रणमा लिएको छ । रामेछाप प्रहरीले बुधवार लिखुतामाकोसि गाउँपालिकाबाट अवैध जडीबुटी बरामत गरेको प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।
गोकुलगंगा गाउँपालिका बाट सुनसरी जाँदै गर्दा बा ४ ख ९७९० नम्बरको ट्रक सहित ३ जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा गोकुलगङ्गा गाउँपालिका वडा नं ३ रस्नालुका २४ वर्षीय दिलबहादुर तामाङ, सुनसरीको धरान नगरपालिका वडा नं। १५ का ५३ वर्षीय कल्पना राई र सोही जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका वडा नं। ६ का ४५ वर्षीय अजाद अन्सारीलाई रामेछाप प्रहरीले पक्राउ गरेको हो ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको रामेछाप प्रहरीले जनाएको छ ।