ताजा समाचार


बिद्यालय बन्द नगर्न सरकारलाई सरोकारवालाको सुझाव

 नेपाल बाहक    ३० चैत्र २०७७, सोमबार १६:३१     396 जनाले पढ़िसके

काठमान्डौँ । बिद्यालय बन्द नगर्न सरोकारवालाले सरकारलाई सुझाव दिएका छन् । उनिहरुले कोभिड–१९ सङ्क्रमणको जोखिमलाई देखाएर विद्यालय बन्द नगर्न सरकारलाई सुझाव दिएका हुन् । सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमवार आयोजना गरेको छलफलमा कार्यक्रममा उनिहरुले यस्तो सुझाव दिएका हुन् ।
कार्यक्रममा सरोकारवालाहरुले विद्यालय बन्द गर्ने वा सञ्चालन गर्ने भन्ने निर्णय स्थानिय सरकारलाई दिन समेत भनेका छन् । छलफलमा नेपाल नगरपालिका सङ्घका अध्यक्ष अशोक ब्याञ्जुले एक ठाउँमा कोभिड सङ्क्रमणको जोखिम बढ्दा देशभरका विद्यालय बन्द गर्नु व्यावहारिक नहुने बताउनुभयो । उहाँले जुन ठाउँमा प्रभाव परेको छ त्यहीँको पालिका सरकारलाई बन्द गर्ने निर्णय गर्न दिनुपर्ने बताउनुभयो । केन्द्र सरकारबाट निर्णय हुने कुरा पूर्णरूपमा छोडनुपर्ने पनि बताउनुभयो ।