ताजा समाचार


थप ५ सय ५९ जनामा कोरोना संक्रमण

 नेपाल बाहक    ३० चैत्र २०७७, सोमबार १८:२९     198 जनाले पढ़िसके

काठमान्डौँ । पछिल्लो २४ घण्टामा नेपालमा ५ सय ५९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
५ हजार एक सय ५ जनाको पिसिआर परीक्षण गर्दा ५५९ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८० हजार ५२४ पुगेको छ ।

त्यस्तै २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ । त्यस्तै कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १३८ रहेको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा १५९, ललितपुरमा ४४, बाँकेमा ४१, रुपन्देहीमा २९, पर्सामा २५, दाङमा २४, कास्कीमा २३, कैलालीमा १४ र मोरङमा १३ जनामा संक्रमण पुष्टि भएको छ ।