नेपाली कथानक चलचित्र “हामि तीन भाई” फेरी बन्ने भएको छ । एक कार्यक्रम गरी चलचित्रको टाइटल केहि कलाकारको पनि सार्बजनि गरिएको हो ।
जसमा सलोन बस्नेत , शिशिर राणा र चलचित्रका अन्य टिमहरू देखिएका छन् । मधुसूदन भट्टराईको निर्देशन चलचित्रमा रहने छ । प्रसिद्धि सिने आर्टको ब्यानरमा निर्माण हुन लागेको चलचित्र हामी तीन भाइ लाई साजित महतले निर्माण गर्ने भएका हुन् ।
साथै,चलचित्रका कार्यकारी निर्मातामा विक्रम तामाङ रहेका छन् । चलचित्रको छायांकन नरेन्द्र कुमार सिंह ,द्वन्द हिमाल केसीको रहने छ । सलोन र शिशिरको अलावा चलचित्रमा विकास चापागाईँ , सदिक्षा पाण्डे र नरेन्द्र केसी आदि अनुबन्धित भएका छन् भने अन्य कलाकारहरूको छनोट हुन बाकि रहेको छ।
पारिवारिक तथा प्रेम कथामा आधारित रहेर बन्ने“ हामी तीन भाई “ डेढ दशक अगाडी स्व शिव रेग्मीको लेखन तथा निर्देशनमा बनेको चलचित्रको सिक्वेल भने होइन ।