ताजा समाचार


दोलखामा गाडि दुर्घटना हुदाँ चार जनाको मृत्यु

 नेपाल बाहक    ३१ चैत्र २०७७, मंगलवार १०:५९     259 जनाले पढ़िसके

दोलखा । दोलखामा गाडि दुर्घटना हुदाँ चार जनाको निधन भएको छ भने १८ जना घाइते भएका छन् । दोलखा प्रहरीका अनुसार प्रदेश नं ३–०३–२३ च ७५८० नम्बरको योद्धा गाडी गएराति करिब साढे १० बजेको समयमा विगु गाउँपालिका वडा नम्बर ४ दुर्घटना भएको हो ।
दुर्घटनमा परी विगु गाउँपालिका वडा नम्बर ३ का २४ वर्षिय चण्डीका थापा, ४५ अजिता खत्री, ५२ वर्षिय राधा खड्का र ३५ वर्षिय विनोद केसि मृत्यु भएको छ । ३ जनाको घट्नास्थलमै र एक जनाको उपचारको क्रममा रोल्वालिंग सामुदायिक अस्पताल सिंगटीमा मृत्यु भएको दोलखा प्रहरीले जनाएको छ ।
उक्त गाडीमा २२ जना सवार रहेका थिए । जसमध्ये ४ जनाको मृत्यु भएको हो । १८ जना घाईते मध्ये ५ जनाको अवस्था गम्भिर र अन्यको अवस्था मध्यम रहेको दोलखाका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक रञ्जन कोईरालाले जानकारी दिए ।