रामेछाप । रामेछाप प्रहरीले सोमबार बलात्कारको आरोपमा एक जना युवालाई पक्राउ गरेको छ । रामेछाप प्रहरीका अनुसार पक्राउ पर्नेमा दोलखाको जिरी नगरपालिका २ का २५ वर्षीय आशिष भनिने टेक बहादुर विश्वकर्मा रहेका छन् ।
विश्वकर्माले चैत १४ गते मन्थली नगरपालिका वडा नं। १ स्थित १६ वर्षीय किशोरीलाई विवाहको प्रलोभन दिई बलात्कार गरेका थिए । जबरजस्ती करणी गर्ने विश्वकर्मालाई यही चैत ३० गते सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापको प्रहरी हिरासतमा रहेका बलात्कारका आरोपित विश्वकर्मामाथि थप अनुसन्धान भइरहेको सूचना अधिकारी प्रहरी निरीक्षक श्रीशङ्कर श्रेष्ठले जानकारी दिनुभयो ।