रामेछाप । रामेछाप प्रहरीले बुधवार २० थान सिसौको काठ सहित ट्याक्टर चालक पक्राउ गरेको छ । बुधवार ज। १ त ८०२५ नम्बरको ट्याक्टर सहित २० थान अवैध काठ मन्थलीको आकासेको जफत गरेको रामेछाप प्रहरीले जनाएको छ ।
प्रहरीले चेकजाँचको क्रममा मन्थली नगरपालिका ११ बाट मन्थली आउँदै गरेको ट्याक्टर, ट्याक्टर चालक राम बहादुर श्रेष्ठ र अवैध ढुवानी गर्ने चेतमान सार्कीलाई नियन्त्रणमा लिएको हो । उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि डिभिजन वन कार्यालय रामेछापमा बुझाइएको रामेछाप प्रहरीले जनाएको छ ।