रामेछाप । खाडादेबि गाउँपालिकाका अध्यक्ष प्रेम तमाङ भौतिक पुर्वधारलाई पालिकाले पहिलो प्रथामिकता बताउनु भयो छ । सडकको मास्टर प्लान बनाएर काम गरिएको समेत बताउनु भयो । आफुहरु निबार्चित भएर आए पछि सडकलाई हिउँदो बर्ष नै चल्न सक्ने बनाएको उहाँको दाबि रहेको छ ।
अहिले ९ वटै वडा कार्यलय सम्म पुग्ने सडक १२ महिनानै सहज रुपमा यातयात सन्चालन हुने गरेको तमाङले बताउनु भयो । उहाँका अनुसार मन्थली गोगनपानी गाल्पा सडक र सित्खा गोगनपानी धुलेबेसी भोटनागी २७ किलो मिटर सडक बागमति प्रदेश सरकारको सहयोगमा कालो पत्रे भइसेको छ ।
समता न्युज संगको कुराकानीमा तमाङले गोगनपानी बाट गाल्पा जाने सडकको लागि बागमति प्रदेश सरकार ४७ करोड रुपैया बिनियोजना गरेको बताउनु भयो । यसको लागि टेन्डर समेत अह्वान भइ सकेको र आगामि आर्थिक बर्ष भित्र ५९ किलो मिटिर सडक कालो पत्रे हुने समेत बताउनु भयो ।
त्यस्तै खाडादेबिमा ७ वटा बर्थिङ सेन्टर सन्चालन आएका अध्यक्ष तमाङले बताउनु भयो । उहाँले आगमि आर्थिक बर्षभित्र ९ वटै वडा बर्थिङ सेन्टर सन्चालन गरीने समेत जनाकारी दिनु भयो । स्थानिय तहको निर्बाचन पछि डाक्टर सहितको अपस्ताल समेत सन्चालनमा रहेको तमाङको दाबि छ । तिन बर्षको कार्यकालमा बिभिन्न स्वास्थ्य शिबिर समेत सन्चालन गरिएको छ । टोलटोलमा पुगेर जेष्ठ नागरीक र भिन्न क्षमता भएको लागि सेवा गरेको अध्यक्ष तामाङले बताउनु भयो ।
खाडादेबि गाउँपालिकाका भित्र सबै सामुदायिक बिद्यालयलाई भौतिक पुर्वधारले सम्पन्न बनाइएको छ । सबै बिद्यालयमा अग्रेजि माध्यमबाट अध्यपन गराउने ब्यवस्था गरीएको खाडादेबि गाउँपालिकाका प्रबत्ता पुस्कर कुमार कार्किले बताउनु भयो ।
त्यस्तै पालिकाले कृषिको क्षेत्रमा समेत पालिकाले राम्रो फड्को मारेको खाडादेबि गाउँपालिकाका अध्यक्ष तमाङ बताउनु हुन्छ । पालिकाको भित्र फलेका तरकार जिल्ला भित्र सहित बिभिन्न स्थानमा समेत निर्यात भएको बताउनु भयो । उहाँ मासु, अण्डा र तरकारी खाडादेबि गाउँपालिका आत्मा निर्भर बनेको समेत बताउनु भयो । अहिले खाडादेबि गाउँपालिका कृषक निवार्ह मुखि बाट ब्यवसायिक मुखि रहेको अध्यक्ष तमाङले बताउनु भयो ।