काठमाडौं । नेपालमा पछिल्लो समयमा क्युआर कोड मार्फत कारोवार गर्नेको संख्या बढेका छ । राष्ट्र बैंकका अनुसार फागुन महिनामा मात्रै क्वीआर कोडमार्फत ६ लाख ३५ हजार भन्दा बढी पटक कारोबार भएको छ ।
राष्ट्रको तथ्थ्यङक अनुसार फागुन महिनामा क्यूआर कोडमार्फत २ अर्ब ५५ करोड बराबरको कारोबार छ । साउनको तथ्यांकलाई हेर्ने हो भने फागुनमा भएको कारोबार चार गुणाले बढी हो । राष्ट्र बैंकको तथ्यांक अनुसार साउन महिनामा क्यूआर कोडमार्फत १ लाख ९५ हजार पटक कारोबार भएको थियो । साउन महिनामा ५८ करोड ९० लाख बराबरको कारोबार भएको थियो ।
पछिल्लो समय राष्ट्र बैंक र बैंकहरुले पनि क्यूआर कोडमार्फत हुने भुक्तानीलाई प्रवद्र्धन गरिरहेका छन् । विभिन्न बैंकहरुले देशभरका विभिन्न तरकारी पसलदेखि साना बजारहरुमा क्यूआर कोडमार्फत भुक्तानीको लागि प्रोत्साहन गरिरहेका छन् ।