रामेछाप । रामेछापमा थप एक जना पुरुषमा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । कोरोना सङ्क्रमण पुष्टि हुनेमा गोकुलगंगा गाउँपालिका १ का ६० वर्षीय पुरुष रहेका छन् । उनी सहित दुई जनाको स्वाब शनिवार परीक्षणको लागि धुलिखेल अस्पताल पठाईको थियो ।
कोरोना सङ्क्रमित पुरुष जिल्ला अस्पताल रामेछापको आइसोलेसन वाडमा रहेको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । यो सँगै रामेछापमा दुई सय २५ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ भने सक्रिय सङ्क्रमित १ जना मात्र रहेको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य निरीक्षक भुवन थापाले जानकारी दिनु भयो ।