ताजा समाचार

रामेछापका ३५ हजार नागरीक स्वास्थ्य बिमामा आवद्ध

 नेपाल बाहक    ५ बैशाख २०७८, आईतवार १६:५७     178 जनाले पढ़िसके

रामेछाप । बिपन्न नगरीकको उपचारमा सहयोग पुग्ने उदेश्यका साथ सुरु भएको स्वास्थ्य बिमा कार्यक्रममा रामेछापका नगरीकको सहभागित न्युन मात्रमा देखिएको छ । २०७४ साल पौषबाट रामेछापमा स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको थियो । तर हाल सम्मको अवधिमा लगभग १७ प्रतिशत अर्थात ३५ हजार एक सय १४ जना मात्र स्वास्थ्य बिमा कार्यक्रममा सहभागि भएको स्वास्थय बिमा बोर्ड रामेछापका दार्ता अधिकारी यज्ञराज
दर्ता अधिकारी ढुङ्गेलका अनुसार जिल्लाको मन्थली नगरपालिकाका ११ हजार ४४४ जना, सुनपाति गाउँपालिकाका छ हजार ५६७ जना, रामेछाप नगरपालिकाका तीन हजार ४४५ जना स्वास्थ्य बिमा आवद्ध भएका छन् ।
त्यस्तै लिखुतामाकोशी गाउँपालिकाका दुई हजार ३९० जना, गोकुलगङ्गा गाउँपालिकाका दुई हजार ४७१ जना, उमाकुण्ड गाउँपालिकाका दुई हजार १५३ जना र खाँडादेवी गाउँपालिकाका तीन हजार २७९ जना, सुनापति गाउँपालिकाका छ हजार ५६७ जना र दोरम्बा गाउँपालिकाका तीन हजार ३६५ जना नागरिकले स्वास्थ्य बिमा गराएका छन् ।स्वास्थ्य बिमा बोर्डले रामेछापका आठ वटा स्थानिय तहका ६४ वडामा दर्ता सहयोगि मार्फत स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरिरहेको छ