ताजा समाचार


थप एक हजार ९६ जनामा कोरोना संक्रमणको पुष्टि

 नेपाल बाहक    ५ बैशाख २०७८, आईतवार १७:२६     175 जनाले पढ़िसके

काठमान्डौँ । पछिल्लो २४ घण्टामा एक हजार ९६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । पाचँ हजार ८४ जनाको पिसिआर परिक्षण गर्दा एक हजार ९६ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा ३२६, भक्तपुरमा ४५ र ललितपुरमा ६४ जना गरी उपत्यकामा ४३५ संक्रमित भेटिएका छन् । यस्तै पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु छ । हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ६२९० जना रहेको छ ।