ताजा समाचार


कोरोना नियन्त्रणको लागि रामेछापका स्थानिय सरकारले गरेको खर्च सार्वजनिक

 नेपाल बाहक    ६ बैशाख २०७८, सोमबार १७:०८     279 जनाले पढ़िसके

रामेछाप । कोरोना रोकथाम तथा नियन्त्रणको लागि रामेछापका स्थानिय सरकारले गरेको खर्चको बिवरण सार्बजनिक भएको छ । कोभिड रोकथामको लागि भएको खर्चको प्रतिबेदन सोमबार एक कार्यक्रम गरी सार्वजनिक गरिएको हो ।
प्रतिबेदनका अनुसार कोरोना रोकथामको लागि मन्थली नगरपालिकाले ७० लाख ९५ रुपैयाँ, रामेछाप नगरपालिकाले ८२ लाख २२ हजार ५ सय ५१ रुपैयाँ, उमाकुण्ड गाउँपालिकाले ६७ लाख ३५ हजार ९८४ रुपैयाँ, गोकुलगंगा गाउँपालिकाले ६३ लाख २ हजार ४९६ रुपैयाँ खर्च गरेको छ ।
भने लिखुतामाकोसि गाउँपालिकाले २७ लाख रुपैयाँ, खाडादेबि गाउँपालिकाले ६६ लाख २४ हजार ३७६ रुपैयाँ, दोरम्बा गाउँपालिकाले १६ लाख रुपैयाँ र सुनपाति गाउँपालिकाले ३३ लाख ९८ हजार ४३६ रुपैयाँ गरी जम्मा ४ करोड २५ लाख ३ हजार ९० रुपैया खर्च भएको प्रतिबेदनमा उल्लेख छ ।
स्थानिय सरकारले क्वारेन्टिन ब्यवस्थापन, आइसोलन निमार्ण, स्वास्थ्य उपकरण, यातयात, राहत,औषधि तथा मेडिकल समाग्री खरिद र मानबिय श्रोत परिचालनमा सो रकम खर्च भएको प्रतिबेदनमा उल्लेख छ ।
मानब अधिकार संरक्षण संन्जाल रामेछापको आयोजनमा खर्चको बिवरण सार्बजनिक गरिएको हो । हुरान्डेक नेपाल दोलखाको सहजिकरणमा भएको कार्यक्रममा मानब अधिकार संरक्षण संजालका संयोजक पाण्डब प्रसाईको अध्यक्षता रहेको थियो ।

प्रतिबेदन