सिन्धुली । वन्यजन्तुको अवैध सिकार गरेको अरोपमा सिन्धुलीमा ७ जना पक्राउ परेका छन् । सव डिभिजन बन कार्यलय रानिबासको टोलीले सोमबार पक्राउ गरेको हो ।
उनिहरुबाट तीन थान जाली, ३ किलो हरिण र दुम्सीको मासु सहित जङ्गल बाट पक्राउ गरिएको छ ।
डिभिजन वन कार्यालय सिन्धुलीका सहायक वन अधिकृत संघर्ष सक्षम मिश्रका अनुसार अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ । भने पक्राउ परेकाहरूको साथबाट जफत भएको मासुलाई विधि विज्ञान प्रयोगशाला काठमाडौँमा परीक्षणको लागी पठाइने छ ।