ताजा समाचार


एमाले रामेछापको चेतावनी : समान्तर गतिविधिमा भाग लिए कारबाही

 नेपाल बाहक    ८ बैशाख २०७८, बुधबार १२:५१     596 जनाले पढ़िसके

रामेछाप । नेकपा एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठले समान्तर गतिविधिमा भाग लिने सबै जना कारबाहीको भागिदार हुने चेतावनी दिनु भएको छ । बुधवार मन्थलीमा नेकपा एमाले रामेछापले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले यस्तो चेतावनी दिनु भएको हो ।
समान्तर गतिविधि पाटिको हित विपरीत रहेको बताउँदै अध्यक्ष श्रेष्ठ समान्तर गतिविधिले पाटिलाई कमजोर बनाउने बताउनु भयो । कार्यक्रममा बोल्दै उहाँले कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउने, जनताको बहुदलीय जनवादलाई कमजोर बनाउने र नेपालको लोकतान्त्रिक आन्दोलनलाई बदनाम गर्न माधव नेपाल समूह लागि परेको अरोप समेत लगाउनु भयो ।
कार्यक्रममा बोल्दै श्रेष्ठले नेकपा एमालेबाट निबार्चित करिब सबै जनप्रतिनिधि आफूहरू सँग रहेको समेत दाबी गर्नु भयो । सूर्य चिन्हबाट निबार्चित हुने जनप्रतिनिधिलाई बिहीबार हुने कार्यक्रममा सहभागी नहुन आग्रह गदै उहाँले सहभागी हुनेलाई पाटिले कारबाहीको प्रक्रिया अधि बढाउने समेत चेतावनी दिनु भयो ।
साथै नेकपा एमाले रामेछापको बैठक वैशाख १३ गते बागमती प्रदेश कमिटीका सह इन्चार्ज काशीनाथ अधिकारी र बागमती प्रदेश कमिटीका अध्यक्ष आनन्द पोखरेलको अतिथियता हुने समेत जनाकारी गराउनु भयो । त्यो बैठक भन्दा बाहेक अन्य कुनै पनि बैठक तथा भेला नेकपा एमालेको अधिकारीक बैठक नभएको समेत बताउनु भयो ।