रामेछाप । अशक्त बालिकालाई बलात्कार गरेको आरोपमा रामेछाप प्रहरीले मङ्गलवार एक जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोरम्बा गाउँपालिका वडा नं ६ का १९ वर्षका सन्तोष ढुगेल रहेको रामेछाप प्रहरीले जनाकारी दिएको छ ।
रामेछापका प्रहरी प्रवक्ता श्रीशंकर श्रेष्ठका अनुसार ढुगेलले गत चैत २८ गते बिहान ९ः३० बजे सोही स्थानकी फरक क्षमता भएकी १२ वर्षकी बालिकालाई बलात्कार गरेका थिए ।
बलात्कार पछि उनले कसैलाई नभन्न समेत धम्की दिएको रामेछाप प्रहरीले जनाएको छ । अहिले अरोपिलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।