रामेछाप । कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गए पछि रामेछापमा पनि स्वास्थ्य तथा सुरक्षाका मापदण्डमा कडाइ गरिने भएको छ । शुक्रवार जिल्ला प्रशासन कार्यालय रामेछापमा बसेको जिल्ला स्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले २१ बुद्धे निर्णय गरेको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैँजूको अध्यक्षतामा बसेको बैठकले मास्कको प्रयोगलाई अनिवार्य गर्ने, २५ जना भन्दा बढी हुने भेला, आम सभा जस्ता कार्य गर्न रोक लगाएको छ ।
बैठकले वैशाख मसान्तसम्म बैठकले धार्मिक तीर्थस्थल, मठ मन्दिर, गुम्बा, चर्च, मस्जिदहरूमा जनस्वास्थ्यका मापदण्ड पालना गरी वैशाख मसान्तसम्म नित्य पूजा, ध्यान, प्रार्थना मात्रै गर्न पाउने ,सभा, सम्मेलन, गोष्ठी, सेमिनार, समीक्षा, तालिम, प्रशिक्षण, घुम्ती शिविर, खेलकुद जस्ता कार्य गर्न अग्र गरेको छ ।
बैठकको निर्णय