सिन्धुली । सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुदाँ एकै परिवारबा तिन जनाको ज्यान गएको छ । सिन्धुली प्रहरीका अनुसार भिमान बाट दुधौली नगरपालिका डकाहा जाँदै गरेको प्रदेश न २–०१–००१ प २१६३ को मोटर साइकल ढोलिखोला नजिक सडकको ग्राभेलमा चिप्लिएर अपराह्न ४ बजे दुर्घटना भएको थियो ।
सिन्धुली प्रहरीका अनुसार मृत्यु हुनेमा दुधौली नगरपालिका ४ डकाहा बस्ने २७ वर्षीय प्रहरी जवान समेत रहेका सवारी चालक यम कुमार दनुवार सोही स्थानका १३ बर्षका आषिश कुमर र वर्ष १० का आदित कुमर दनुवार को सिन्धुली अस्पतालमा उपचार को क्रममा मृत्यु भएको हो ।