ताजा समाचार


नवजागरण साकोसको नवनिर्मित भवनको उद्घाटन

 नेपाल बाहक    ११ बैशाख २०७८, शनिबार १८:४०     313 जनाले पढ़िसके

रामेछाप । मन्थलीमा सञ्चालित नवजागरण बचत तथा ऋण सहकारीको नवनिर्मित भवनको उद्घाटन भएको छ । बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुगेलले शनिवार एक कार्यक्रमका बिच उद्घाटन गर्नु भएको हो ।
२०७६ साल मङ्सिर ५ गते सहकारीले भवन निर्माणका लागि भ्याटबाहेक कुल दुई करोड नौ लाख ९८ हजार ३१५ रुपियाँको लागत अनुमानसहित बोलपत्र आह्वान गरेको थियो । एक करोड ५८ लाख रुपियाँ ४२ हजार २३२ रुपियाँको लागतमा भवन निर्माणको जिम्मा लिएको श्री थापा निर्माण व्यवसायी प्रा।ली। मन्थली, रामेछापले २०७७ साल चैत ५ गते सम्पन्न भएको थियो ।
भ्याटसहित कुल एक करोड ८१ लाख ७९ हजार ३९ रुपियाँको लागतमा भवन निर्माण सम्पन्न भएको हो । सहकारीका अध्यक्ष श्याम थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । अब सहकारीले सम्पूर्ण कारोबार आफ्नै भवनबाट प्रवाह गर्नेछ । यसअघि रामेछाप उद्योग वाणिज्य सङ्घको भवनबाट सेवा कारोबार सञ्चालन गर्दै आएको थियो ।