ताजा समाचार


रामेछापका थप ९ जनामा कोरोना संक्रमणको पुष्टि

 नेपाल बाहक    १२ बैशाख २०७८, आईतवार १३:३३     316 जनाले पढ़िसके

रामेछाप । रामेछापका थप ९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य कार्यलय रामेछापका अनुसार गोकुलगंगा गाउँपालिकाका ५ जना पुरुष र ४ जना महिलामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको हो ।
शुक्रबार १६ जनाको स्वाब संकलन गरी परिक्षणको लागि धुलिखेल अस्पताल पठाइएको थियो । जस मध्ये ९ जनमा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य कार्यलय रामेछापका जनस्वास्थ्य निरिक्षक भुबन थापाले बनाउनु भयो ।
थापाका अनुसार अहिले सबै जना आफ्नै घरमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको छ । यो संगै रामेछापमा कोरोना संक्रमण हुनेको संख्या दुई सय ३५ पुगेको छ ।