ताजा समाचार


बिद्यार्थिलाई अमर्यादित व्यवहार गर्ने शिक्षक पक्राउ

 नेपाल बाहक    १४ बैशाख २०७८, मंगलवार १८:१९     563 जनाले पढ़िसके

रामेछाप । रामेछाप प्रहरीले आफ्नै बिद्यार्थिलाई अमर्यादित व्यवहार गरेको आरोपमा एक जना शिक्षक पक्राउ गरेको छ । पक्राउ पर्नेमा खाडादेबि गाउँपालिका वडा न। ७ को श्री ज्योति माबिका कार्यरत ४३ वर्षका सञ्जय राय रहेका छन् ।
रायले सोही विद्यालयको कक्षा ११ पढ्ने छात्रालाई विभिन्न प्रलोभन देखाएर फोन तथा म्यासेज गर्ने गरेको आरोप छ । उनले फोन तथा म्यासेजमा मोबाइल किनिदिने, नयाँ कपडा किने दिने प्रलोभन देखाएको रामेछाप प्रहरीले जारी विज्ञप्तिमा उल्लेख छ ।
उनले आफ्नै बिद्यार्थिलाई प्रेम प्रस्ताव राख्दै आर्थिक प्रलोभन देखाएर अमर्यादित र अस्वाभाविक व्यवहार गरेको जारी विज्ञप्तिमा उल्लेख छ । उनलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको रामेछाप प्रहरीले जनाएको छ ।