काठमान्डौँ । गायक तथा अभिनेता प्रशान्त तामाङलाई मातृशोक परेको छ ।उनकी आमा रुपा तामाङको कोरोना भाइरसका कारण निधन दार्जिलिङको एक अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो । उनले फेसबुकमा लेखेका छन्, ‘एउटी आमा गुमाउनु भनेको एक क्षणमा हुँदैन, जे भयो त्यसको प्रभावलाई बुझ्न वर्षौं लाग्छ । हार्दिक श्रद्धाञ्जली मेरो सबैभन्दा प्यारो आमा । आई लभ यू ।’ प्रशान्तले यो घडीमा आफूलाई बलियो रहन प्रेरित गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन् । उनी आमासँँग निकै नजिक थिए । उनले आफ्नो हातमा ‘आमा’ शब्दको ट्याटु समेत खोपाएका छन् ।