ताजा समाचार


रामेछापका थप १४ जनामा कोरोना सङ्क्रमण : ६५ जनाको स्वाब सङ्कलन

 नेपाल बाहक    १५ बैशाख २०७८, बुधबार १७:४५     383 जनाले पढ़िसके

रामेछाप । रामेछापका थप १४ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । बुधवार स्वाब सङ्कलन गरी परीक्षणको लागि सिन्धुली अस्पतालमा पठाएका २२ जना मध्ये १४ जनाको रिपोट पोजेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य निरीक्षक भुवन थापाले जानकारी दिनु भयो ।
थापाका अनुसार रामेछाप अस्पतालकि एक जना महिला, प्रहरी हिरासतमा रहेका ५ पुरुष रहेका छन् भने अन्य ८ जना तामाकोसी अस्पतालमा भर्ना भएका बिरामीमा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । यो सँगै रामेछापमा कोरोना सङ्क्रमितको सङ्ख्या २५० पुगेको छ भने रामेछापमा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या भने २६ जना रहेको थापाले बताउनु भयो ।
त्यस्तै कोरोना परीक्षणको लागि बिहीबार लिखुतामाकोसि गाउँपालिकाका ६५ जनाको स्वाब सङ्कलन गरिएको छ । उनीहरूको स्वाब परीक्षणको लागि सिन्धुली अस्पतालमा पठाइएको छ ।