काठमान्डौँ । पछिल्लो २४ घन्टामा थप चार हजार सात सय ९७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार आठ सय ७९ जनाको पीसीआर परीक्षण गर्दा चार हजार सात सय ७४ र नौ सय ५५ जनाको एन्टिजेन परीक्षण गर्दा एक सय २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
बिहिबार थप भएका संगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ३० हजार नौ सय दुई पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीले बताउनु भयो ।
यस्तै पछिल्लो २४ घण्टामा १० जनासहित थप १७ जनाको सङ्क्रमणबाट ज्यान गएको छ । नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमणबाट तीन हजार दुई सय ११ जनाले ज्यान गुमाएका छन् ।