ताजा समाचार


रामेछाप प्रवेश नाकामा होल्डिङ सेन्टर सञ्चालन गरिने : पिसिआर परीक्षण दायर बढाइने

 नेपाल बाहक    १७ बैशाख २०७८, शुक्रबार ०६:४३     450 जनाले पढ़िसके

रामेछाप । रामेछाप प्रवेश गर्ने सबै नाकामा होल्डिङ सेन्टर सञ्चालन गर्ने निर्णय भएको छ । बिहीबार जिल्ला प्रशासन कार्यालय रामेछापमा बसेको जिल्ला स्तरीय कोभिड सङ्कट व्यवस्थापन केन्द्रले सो निर्णय गरेको हो । भारत लगायतका अन्य देशबाट आउनेहरूलाई लक्षित गदै होल्डिङ सेन्टर सञ्चालन गर्न लागिएको हो । जिल्लाको सेलेघाट तथा अन्य नाकामा जिल्ला प्रहरी कार्यालय रामेछाप र स्वास्थ्य कार्यालयको सहयोगमा होल्डिङ सेन्टर सञ्चालन गरिने भएको निर्णय भएको छ ।
बैठकमा दोस्रो मूलक बाट आउनेलाई अनिवार्य १० दिन क्वारेनटिन बस्नु पर्ने समेत निर्णय भएको छ । रामेछापमा सिपिआर परीक्षणको दायर बढाउने निर्णय भएको छ ।निर्णयमा जिल्लामा सञ्चालन भएका एम्बुलेन्स तयारी अवस्थामा राखिने र एम्बुलेन्सको बसै खर्च स्थानीय सरकारले व्यहोर्ने लगायतका ९ वटा निर्णय भएको छ ।