रामेछाप । रामेछापमा शनिवार १३ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । कोरोना सङ्क्रमण हुनेमा ८ जना पुरुष र ५ जना महिला रहेका छ । स्वास्थ्य कार्यालय रामेछापमा अनुसार सङ्क्रमित मध्ये ९ जना मन्थलीको तामाकोसी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी समेत रहेका छन् ।
उनीहरू ३८ जनाको स्वाब शुक्रवार सङ्कलन गरी परीक्षणको लागि सिन्धुली अस्पतालमा पठाइएको थियो । जस मध्ये १३ जनाको रिपोट कोरोना पोजेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य निरीक्षक भुवन थापाले बताउनु भयो । आज थप भएका सँगै रामेछापमा कोरोना सङ्क्रमण हुनेको सङ्ख्या २६७ पुगेको छ ।