रामेछाप । मानव अधिकार संरक्षण संन्जाल रामेछापले रामेछापमा पनि लकडाउन जारी गर्न अनुरोध गरेको छ । पछिल्लो समयमा जिल्लामा कोरोना संक्रमणको दरमा बृद्धि भएकाले २ हप्ता लकडाउन गर्न अनुरोध गरेको छ ।
संन्जालले आइतबार एक प्रेस बिज्ञप्ति जारी गदैँ मन्थली लगाएत मुख्य बजार केन्द्रमा कम्तिमा १० देखि १४ दिन सम्म निषेधाज्ञ गर्न अनुरोध गरेको छ । संन्जालका संयोजक पाण्डब प्रसाईद्धरा हस्ताक्षर गरेको बिज्ञप्तिमा जिल्ला भित्रने नाकामा हेल्प डेक्स राख्न समेत माग गरेको छ ।
जिल्ला पिसिआर परिक्षणको दायर बढाउन, बिदेशबाट आउनेलाई अनिवार्य क्वारेन्टिमा राख्न माग गरिएको छ । भने शव बाहन र एम्बुलेन्स समेत थप तयारी अवस्थामा राख्न अनुरोध गरेको छ ।