रामेछाप । नेपाल कम्युनिस्ट पाटी एमाले रामेछापले बागमती प्रदेश सरकारलाई ध्यानाकर्षण पत्र पठाएको छ । एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठले हस्ताक्षर गर्नु भएको पत्रमा कोरोना रोकथाम तथा नियन्त्रणको लागि थप स्वास्थ्य सामाग्री र जनशक्ति बढाउन अनुरोध गरेको छ ।
पत्रमा कोरोना रोकथामको लागि भएको प्रयासहरूको लागि धन्यवाद समेत दिइएको छ । ध्यानाकर्षण पत्रमा “सङ्क्रमित बिरामीको सङ्ख्या वृद्धि भएमा त्यसको लागि आवश्यक पर्ने तयारी र व्यवस्थापकीय काम हाल भएको भन्दा थप व्यवस्थित र वृद्धि गर्नुपर्ने अवस्था देखिएकोले सम्बन्धित सरोकारवाला पक्षहरूलाई समयमा नै सजग हुन र तयारी गर्न तिनै तहका सरकारहरू ९केन्द्र, प्रदेश र स्थानीय० लाई नेकपा एमाले रामेछाप जिल्ला कमिटी अनुरोध सहित ध्यानाकर्षण गराउँदछ ” भनिएको छ ।
एमाले रामेछापले चिकित्सक सहित अन्य स्वास्थ्य जनशक्ति अपुग रहेकोले तत्काल थप जनशक्ति व्यवस्थापन गर्नुपर्ने र भेन्टिलेटर सहितको थप आइसोलेसन कक्षहरूको सङ्ख्या वृद्धि गर्न समेत बागमती प्रदेश सरकार सँग अनुरोध गरेको छ ।