काठमाण्डौ । बुधवार कोरोना संक्रमणले नयाँ रेकर्ड बनाएको छ । पछिल्लो २४ घण्टामा साढे आठ हजार भन्दा बढिमा कोरोना संक्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आठ हजार ६ सय ५९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
त्यस्तै नेपालमा थप ५८ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या तीन हजार चार सय ७५ पुगेको छ ।
एकैदिन सङ्क्रमण पुष्टि हुने र ज्यान गुमाउनेको यो सङ्ख्या नेपालमा अहिलेसम्मकै धेरै हो ।