ताजा समाचार


शुक्रबार रामेछापका थप ९ जनामा कोरोना संक्रमणको पुष्टि

 नेपाल बाहक    २४ बैशाख २०७८, शुक्रबार १५:५१     247 जनाले पढ़िसके

रामेछाप । रामेछापका थप ९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य कार्यलय रामेछापका जनस्वास्थ्य निरिक्षक भुवन थापाका अनुसार ५ जना पुरुष र चार जना महिलामा कोरोना संक्रमणको पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेमा रामेछाप नगरपालिकाको ४ को एक जना महिला र एक जना पुरुष रहेका छन् । रामेछाप नगरपालिका ८ का २ जना महिला र ३ जना पुरुष र खाडादेबि गाउँपालिका ५ का एक जना महिला र एक जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।
हाल रामेछापमा संक्रिय कोरोना संक्रमितको ७७ जना रहेको स्वास्थ्य कार्यलय रामेछापका जनस्वास्थ्य निरिक्षक भुबन थापाले बताउनु भयो उहाँका अनुसार संक्रिय संक्रमित मध्ये ६४ जना होमआइसोलेसनमा,१० जना रामेछाप हस्पिटल र ३ जना आसियुमा रहेका छन् ।
शुक्रबार एक जना २० बषिय महिला कोरोना मुक्त भएको थापाले बताउनु भयो ।