ताजा समाचार


रामेछापका थप ३८ जनामा कोरोना सङ्क्रमणको पुष्टि

 नेपाल बाहक    २५ बैशाख २०७८, शनिबार १३:२०     268 जनाले पढ़िसके

रामेछाप । शनिवार रामेछापका थप ३८ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय रामेछापका अनुसार शनिवार मन्थली नगरपालिकाका २० जना, रामेछाप नगरपालिकामा ७ जना, खाडादेबि गाउँपालिकामा १ जना र दोरम्बा शैलुङ्ग गाउँपालिकामा १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
यो सँगै रामेछापमा नयाँ भेरिन्टका कोरोना सङ्क्रमितको सङ्ख्या एक सय २७ पुगेको छ । जस मध्ये २६ जना सङ्क्रमण मुक्त भएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य निरीक्षक भुवन थापाले जनाकारी गराउनु भयो । थापाका अनुसार हाल रामेछापमा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या एक सय १ रहेको छ ।