ताजा समाचार


नेपालमा थप आठ हजार चार सय १८ जनामा कोरोना सङ्क्रमणको पुष्टि

 नेपाल बाहक    २५ बैशाख २०७८, शनिबार १९:०९     188 जनाले पढ़िसके

काठमाण्डौ – पछिल्लो २४ घण्टामा आठ हजार चार सय १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १७ हजार तीन सय १५ जनाको पीसीआर विधिमार्फत र नौ सय ८९ जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा आठ हजार चार सय १८ जनालाई संक्रमण भएको स्वास्थय मन्त्रालयले जनाएको छ ।
शनिबार थप भएका संगै नेपालमा कोरोना संक्रमितको संख्या तीन लाख ८५ हजार ८ सय ९० पुगेको छ । त्यस्तै २४ घण्टामा कोरोनाको संक्रमणका कारण ५३ जनाको ज्यान गएसँगै अहिलेसम्म तीन हजार ६ सय ३२ जनाको ज्यान गएको छ ।